काठमाडौं - साताभर निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज पनि २१.१५ अंकले घटेर २,०७०.४१ विन्दुमा अडिएको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.७० अंकले घटेर ३९६.४४ विन्दुमा अडिएको छ।

आज २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँमा खरिद / बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लागेको छ। मनु एन्ड प्रोको सूचक सर्वाधिक १.९३ प्रतिशतले ओरालो लाग्यो भने डेभलपमेन्ट बैंक, फाइन्सन्स, होटेल, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाईफ इन्स्युरेन्स, माइक्रो फाइनान्स, नन लाईफ इन्स्युरेन्स र ट्रेडिङसमुहको सुचक १ प्रतिशत बढिले ओरालो लाग्यो। अन्य समुहको सूचक सामान्य ओरालो लाग्यो। 

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। आज हिमालयन डिस्टिलरीको ५ करोड ३८ लाख बढिको सेयर कारोबार भयो।