काठमाडौं - इलाममा अनसनरत डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
अनसनमा रहेका उनको स्वास्थ्य अवस्था जटिल बनेसँगै नेपाली सेनाको हेलिकोप्टरमार्फत आज बिहान काठमाडौं ल्याइएको हो ।
उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुने केसीका सहयोगी पवन थापाले जानकारी दिए ।
टाइप २ मधुमेहका बिरामी रहेका डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि थप र विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्।
विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझदेखि इलामको नारायण स्थान मन्दिर परिसरमा अनशनमा बसेका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी इलाम अस्पतालमा उपचाररत थिए ।


0 comment