काठमाडौं - बारम्बार निर्देशन पालना नगरेको भन्दै सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेको र संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरितका कार्यहरूसमेत गरेको देखिएको  निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले राजनीतिक गतिविधिमा सक्रिय रहने गरेका संगठनहरुलाई खारेज र निलम्बन गर्ने नीति अवलम्बन गरेको छ ।