काठमाडौं - नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा बीपी र अरनिको राजमार्गमा टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको छ।
दसैँका समयमा उक्त राजमार्गसहित प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको हो। प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न/नगराउन सम्बन्धित सबैमा अनुरोधसमेत गरेको छ।


0 comment