काठमाडौं - साताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से ६०.७७ अंकले घटेर २,१२१.८६ बिन्दुमा अडिएको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १०.९९ अंकले घटेर ४०.४४३ बिन्दुमा अडिएको छ।

आज २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँमा खरिद / बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लाग्यो। 

फाइनान्स समुहको सूचक सर्वाधिक ४५९ प्रतिशतले ओरालो लाग्यो भने हाइरोपावर र मनु एन्ड प्रो समुहको सूचक पनि ४ प्रतिशत बढिले ओरालो लाग्यो। डेभलपमेन्ट, इन्भेष्टमेन्ट र लाईफ इन्स्युरेन्स समुहको सूचक ३ प्रतिशत बढिले ओरालो लाग्यो भने होटेल, माइक्रोफाइनान्स, नन लाईफ इन्स्युरेन्स र अदर्श समुहको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो। बैंकिङ र ट्रेडिङ समुहको सूचक १ प्रतिशत बढिले ओरालो लाग्यो भने म्युचुअल फन्ड समुहको सूचक सामान्य ओरालो लाग्यो। 

कारोबार रकमका आधारमा आज हिमालय डिस्टिलरी लिमिटेड अग्रस्थानमा रह्यो। हिमालय डिस्टिलरी लिमिटेडको आज १४ करोड ३७ लाख बढिको शेयर खरिद / बिक्री भयो।