काठमाडौं – उच्चस्तरीय राजनीतिक संयन्त्रको लागि डाकिएको बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक तीन बजेका लागि बस्ने तय भएको थियो साथै उक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने निधो भएको थियो ।