काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा नयाँ ट्रयाक खोलिएको सडकको नदीतर्फको ग्याबिन केही तल झरेको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) प्रमुख सजना अधिकारीका अनुसार सडकको माथिल्लो भागमा खोलएको नयाँ ट्रयाक हाल सञ्चालनमा रहेको सडकमा भने कुनै समस्या देखिएको छैन । लगातार वर्षा भइरहेकाले थप क्षति हुनसक्ने अवस्थालाई मध्यनजर यातायात सञ्चालनमा रोक लगाएको उनले बताए ।
उनले भने, “नयाँ ट्रयाक खोलेको माथिल्लो स्थानबाट अलिअलि पहिरो झरेको छ । हामीले प्लास्टिक ओडाएको स्थानमा बढी समस्या छैन । तर तल एउटा ग्याबिन झरेको छ ।” प्रमुख अधिकारीका अनुसार सडकको साइटतर्फको ग्याबिनबीचको भाग केही खसेको भए पनि हालसम्म सडकमा ठूलो क्षति भएको छैन ।
कृष्णभिर क्षेत्रमा साना–साना पहिरो खस्ने क्रम रहेकाले अहिले सडकमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए । वर्षाका कारण सडकको अवस्थाबारे प्राविधिक टोलीले निरन्तर अनुगमन गरिरहेको प्रमुख अधिकारीले जानकारी दिए ।


0 comment