काठमाडौं - सम्भावित बाढी,पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ ।

मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानी स्वरूप आज  र भोलि  महा नगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महा नगरपालिकाले जनाएको छ।

यी दुई दिनको अवधि पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महा नगरले जनाएको छ ।

सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै महा नगरले विपद्को यस जोखिम पूर्ण अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह समेत गरेको छ ।

पनि मौसम पूर्वानुमान महाशाखाले गण्डकी,लुम्बिनी लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको बताएको छ् ।