काठमाडौं - परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय यहाँ भेटवार्ता भएको छ ।
भेटका अवसरमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढी पश्चात् राहत तथा पुनर्निर्माणका कार्यहरू लगायतका विषयमा छलफल भएको यहाँस्थित नेपाली नियोगले जनाएको छ । उक्त अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको थियो ।
भेटघाटको अवसरमा परराष्ट्र सचिव अमृत बहादुर राई र स्थायी नियोग प्रमुख लोक बहादुर थापा लगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।


0 comment