काठमाडौं - रुपन्देहीमा पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सियारी गाउँपालिका–२ का अजय चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७ स्थित विद्यापथबाट पक्राउ गरिएको जानकारी दिए।

चोरीको मोटरसाइकललाई नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको आरोपमा चौधरीलाई पक्राउ गरेको हो । त्यसक्रममा उनको साथबाट टाइप ५४ जस्तो देखिने एक थान पेस्तोल, त्यसको चार राउन्ड गोली, एउटै फोटो भएको दुई थान ब्लुबुक र चार थान भारतीय आधारकार्ड बरामद भएको उनले बताए।

चन्दका अनुसार बरामद हातहतियार नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।