काठमाडौं - राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ।
समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरे उक्त प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए। । प्रतिवेदन तयार गर्न समितिले उपसमिति समेत गठन गरेको थियो।
समितिको प्रतिवेदन प्रतिनिधसभाको आजै बस्ने बैठकमा पेस गर्ने ढकालले बताए। समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी हेरफेर गरेको थियो।


0 comment