काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहिद रसिक खतिवडाकी आमा समेत रहेकी सांसद खतिवडाले जेन्जी आन्दोलन भएको एक वर्ष बित्दा देशले सहिद पाएको र एक दिन सार्वजनिक बिदा दिइएको तर सहिदप्रति राज्यले देखाउनुपर्ने गम्भीरता नदेखिएको गुनासो गरेकी हुन् ।

उनले जेनजी सहिद स्मृति दिवसमा प्रधानमन्त्रीलाई आउन आग्रह गर्दा बल्ल बेलुकी ७ बजे मात्र एउटा सामान्य सामाजिक सञ्जाल स्टाटस आएको बताइन् । उनले  सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार? भन्दै प्रश्न गरिन्। त्यस्तै उनले सहिद परिवार र घाइते परिवारलाई भेट्न सरकारलाई अब कति वर्ष लाग्छ? भन्दै अर्को प्रश्न समेत गरेकी थिइन् ।