काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।  १५ औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवाले वारेसमार्फत शुक्रबार रिट दायर गरेका हुन्। 

आधिकारिकता गगन थापालाई दिने फैसला पुनरावलोकन गर्न निस्सा दिइसकेको अवस्थामा महाधिवेशन रोक्नु माग गर्दै देउवा पक्ष सर्वोच्च पुगेको हो । संस्थापन इतर पक्षलेको भेलाले  देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो।

त्यसो त संस्थापन पक्षको केन्द्रीय समिति बैठकले आगामी असोज १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने तालिका सार्वजनिक गरिएको छ। महाधिवेशनको तालिकासँगै प्रक्रिया नै सुरु भइसकेको छ ।