काठमाडौं - नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको जारी  विज्ञप्तिमा जनाइएको छ ।

केन्द्रीय कार्यसमितको बैठक सकिए लगत्तै कांग्रेसले अनुशासन समितिको बैठक ठाकेको हो । कार्यसमितको बैठकले १५ औं महाधिवेशन सम्पन्न गर्नका लागि सभापति गगन थापाको संयोजकत्वमा व्यवस्थापन समिति लगायत विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो ।