काठमाडौं - उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले सरकारमा जाँदैमा राप्रपाको हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बताएका छन्। 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका-१ साधुटारस्थित शंकारचार्यपीठ वेद वेदांग संस्कृति पाठशालाको नवनिर्मित भवनको उनले उद्घाटन गर्दै उनले नेपालमा हिन्दू राष्ट्र हुनुपर्छ भनेर विनास्वार्थ उभिएको बताएका हुन्। 

'सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन झन बलियो हुन्छ', उनले भने, 'हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु।' 

आफूले भ्रष्टाचार नगर्ने र मुलुकमा सुशासन कायम गर्ने कुरामा आफू प्रतिबद्ध भएको बताए।