काठमाडौं - नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा संस्थापनइत्तर समूहले आयोजना गरेको चियापान कार्यक्रममा नेता कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन र दुवै पक्षबीच सकारात्मक संवाद गराउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका हुन् ।
उनले वर्तमानमा विवाद र असहमतिहरू देखिए पनि पार्टीका शीर्ष नेतृत्व र समूहहरू अन्ततः मिल्नुको विकल्प नरहेको र सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।
उनले बीपी कोइराला र प्रदीप गिरिका पालामा विचार र आदर्शमा आधारित सैद्धान्तिक बहस हुने गरेको स्मरण गर्दै हालको राजनीतिमा गाली–गलौज र भाषाको स्तर गिरेको भन्दै चिन्ता व्यक्त गरे । संस्थापनइत्तर समूहले आयोजना गरेको राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न भएको र कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो ।


0 comment