काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज राजीनामा दिएका छन् ।

प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा उनले राजीनामा दिएको घोषणा गरेका हुन्। बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रगति विवरण प्रस्तुत गरेका छन् ।