काठमाडौं - काठमाडौं जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। श्रेष्ठलाई प्रहरीले बिहीबार म्याद थपका लागि उनलाई हत्कडीसहित अदालतमा उपस्थित गराएको थियो।
जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष समेत हुन्। वैयक्तिक गोपनीयता हनन् गरेको कसुरमा श्रेष्ठलाई बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरिएको थियो । उनलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ ।


0 comment