काठमाडौं - सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसहितसँग लिखित जवाफ माग गरेको छ ।बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले विपक्षीहरूसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माग २२ गते १७५ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरे पनि दुई प्रधानमन्त्री र तत्कालीन मुख्यसचिव लिलामणि पौडेललाई प्रतिवादी नबनाएपछि न्यौपानेले रिट दायर गरेका थिए। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन तत्कालीन प्रधानमन्त्रीले नीतिगत निर्णय गरेको दाबी गरिएको छ।