काठमाडौं - भक्तपुरको होल्डिङ सेन्टरमा बस्दै आएका एक जना सुकुम्वासी मृत भेटिएका छन् । ५७ वर्षका हिरालाल पासवान कोठामा मृत भेटिएका हुन् । हिरालालका ६ सदस्य होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।

हीरालालका थापाथली बस्तीमा हुँदा वरपर बदाम बेच्ने गर्थे ।मृतकका आफन्तका अनुसार हीरालाल केही समययता सरकारले दिने भनेको जग्गा पाउने सूचीमा  नाम नभएको देखेपछि चिन्तामा थिए ।

सरकारले उनीहरु वर्षौदेखि बस्दै आएको घर भत्काइदिएपछि होल्डिङ सेन्टरमा उनीहरुको कष्ठकर जीवन शैली वितिरहेका छन् । सरकारले लामो समय भइसक्दा पनि उचित व्यवस्थापन नगरेको भन्दै होल्डिङ सेन्टरका सुकुम्वासी सकसपूर्ण तवरले जिउन बाध्य छन् । 

उनीहरुमा नैराश्यता बढ्दै गएको बताइएको छ । योसँगै सकुम्वासी बस्तीमा डोजर चलाएदेखि अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् । । कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रको होल्डिङ सेन्टर बाढीले प्रभावित भएपछि उनीहरूलाई यहाँ सारिएको थियो।