काठमाडौं - प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव फेला परेको छ। स्वर्गद्वारी नगरपालिका–९, ३, ४ र ५ तथा माण्डवी गाउँपालिका–५ का खोला किनारमा शव भेटिएका हुन्।
फेला परेका शवमध्ये दुई जना पुरुष, दुई जना महिला र एक जना करिब १३ वर्षीय बालकको रहेको प्रहरीले जनाएको छ। मृतक पाँचै जनाको सनाखत हुन सकेको छैन। प्रहरीका अनुसार रोल्पाको थवाङमा गएको पहिरोपछि आएको बाढीले बगाएर ल्याएका हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


0 comment