काठमाडौं - लालबकैया नदीमा हिजो नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।
दुवै जनाको शव आज बिहान नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
एक बालक र दुई बालिका लालबकैया नदिमा हिजो बेपता भएका थिए ।
हराएकामध्ये भने एक बालिक अझै बेपत्ता छिन ।
हराएका मध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


0 comment