काठमाडौ: जिल्ला मकवानपुर, बागमती गाउँपालिका ९ अगौटे घर भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने वर्ष १९ को टेक बहादुर सिङ्तानले अवैध रूपमा हातहतियार लुकाई छिपाई राखेको अभियोगमा पक्राउ गरेको छ।
प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका ३१ मिनभवन स्थित फेला पारी निजलाई सोधपुछ गर्दा हतियार घरमा लुकाई छिपाई राखेको भनि बताएको बताएको थियो।
तत्काल इलाका प्रहरी कार्यालय फापरबारी, मकवानपुरसँग समन्वय गरी घरमा खानतलासी गर्दा मोडल नाम नखुलेको, Muzzle मा 017110 लेखिएको खाली म्याग्जिन सहितको पेस्तोल थान १ बरामद गरि हातहतियार खरखजाना सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दिन ४ को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता दान बहादुर थापाले जानकारी दिनु भयो ।


0 comment