काठमाडौं - चितवनमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार बिहान खैरहनी नगरपालिका –०१ शाहीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पतालमा पठाएको थियो । अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले बिहान ३:१५ बजे मृत घोषणा गरेका हुन् ।

मृतकको हालसम्म नाम, थर र वतन खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनापछि बस र चालक जिल्ला धादिङ नीलकण्ठ नगरपालिका –१४ बस्ने ४४ वर्षीय जितेन्द्र बहादुर गुरुङलाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।