काठमाडौं - प्रहरीले मकवानपुरबाट एक थान पेस्तोल र म्यागजिनसहित एक जनालाई पक्राउ गरेको छ । बागमती गाउँपालिका –०९ बेतिनी अगौटेस्थित टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको हो ।
प्रहरीका अनुसार बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ‘No. 017110’ लेखिएको एउटा पेस्तोल र उक्त पेस्तोलको एउटा म्यागजिन बरामद गरिएको हो ।
घटना सम्बन्धमा प्रहरीले १९ वर्षीय सिङतानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।


0 comment