काठमाडौ: प्रहरी बृत बालाजुको टोलिले चोरी तथा लुटपाट गर्ने ४ जनाको समुहलाइ पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा जिल्ला उदयपुर, उदयपुरगढी गाउँपालिका ५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्क बस्ने वर्ष ३१ को चुरन मगर , जिल्ला तनहुँ, सुक्लागण्डकी नगरपालिका ५ घर भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २६ गोंगबु     बस्ने वर्ष ३३ को राज कुमार गुरुङ, जिल्ला महोत्तरी, बर्दिवास नगरपालिका ३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्क बस्ने वर्ष ३३ को प्रशान्त जंग शाही, जिल्ला रामेछाप, रामेछाप नगरपालिका ५ घर हुने वर्ष ३१ को बिजय बाबु घिसिङ रहेका छन।

 

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका १६ बनस्थली एरियामा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न मानिसहरूको प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोहि मितिको दिउसोको समयमा नयाँबसपार्क स्थित एक गेष्ट हाउसको कोठाबाट मोबाइल थान ७, नगद रु ५७ हजार ९६ रुपैया ,ताल्चा थान १ र हेक्साँ ब्लेड थान १ सहित  पक्राउ गरेको हो।

 

पक्राउ पर्नेहरु माथी जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता दान बहादुर थापाले जानकारी दिनु भयो।