भक्तपुरस्थित उत्साहित सुधार केन्द्रमा राखिएका एक व्यक्तिको मृत्यु भएको विषयलाई लिएर त्यहाँ तनाव उत्पन्न भएको छ ।पीडित पक्षले सुधार केन्द्रमा तोडफोड गर्न खोजेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सूर्यविनायक नगरपालिका–१ बिरुवास्थित उत्साहित सुधार केन्द्रमा चार दिनअघि राखिएका उमेश शाहीको मृत्यु भएपछि पीडित पक्षले प्रदर्शन गरेका हुन् ।
शाहीको हत्या भएको आरोप लगाउँदै पीडित पक्षले प्रदर्शन गर्न थालेपछि प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
मृततको शरीरमा निलडाम देखिएको उनीहरुको आरोप छ । शाहीलाई जाँडरक्सी छुटाउन भन्दै परिवारले भर्ना गरेको थियो । प्रहरीले जाहेरीको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ।


0 comment