काठमाडौं - सुरेन्द्र ढकाल प्रतिष्ठानको १४औं साधारण सभा तथा १३औं वार्षिकोत्सव अध्यक्ष सुरेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न भयो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले आ व २०८२।८३ मा प्रतिष्ठानले विभिन्न २७ संघसंस्थासंगको सहकार्यमा रु २८ लाख ४ हजार ६८६ रुपैया वरावरको सामाजिक कार्य सम्पन्न भएको जानकारी गराउनु भयो । उक्त अवशरमा प्रतिष्ठानले युवराज अधिकारी, राम प्रसाद घिमिरे विष्णु पराजुली र डा. योग पौडेल गरी चारजनालाई प्रतिष्ठानको मानार्थ सदस्य प्रदान गर्यो । सदस्यता प्राप्त पश्चात नव मानार्थ सदस्यहरुले प्रतिष्ठानले गर्दै आएको मानवीय सामाजिक सेवाबाट प्रभावित भई आफुहरुले प्रतिष्ठानको सदस्यता स्वीकार गरेको बताउनु भयो ।

अतिथीहरुको तर्फबाट सुनिल पाण्डेले प्रतिष्ठानलाई शुभकामना दिनु भएको थियो भने कार्यकारी परिषद सदस्य संझना शाह र मानार्थ  सदस्यहरु क्रमस वुध्दि नारायण श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, सुजिता अधिकारी, लेखा परिक्षक नेत्र भट्टराईले प्रतिष्ठानको गतिविधि र लेखा प्रणाली वारे आफुहरुले गरेको अनुभव सुनाउनु भएको थियो । सभाको अन्त्यमा प्रतिष्ठानका सचिव तेजेन्द्र प्रसाइले विगत १४ वर्षहरुमा भएको प्रतिष्ठानको आरोह अवरोह बारे सभालाई जानकारी गराउनु भएको थियो । सभाले अध्यक्ष ढकाल र कोषाध्यक्ष शैलिनी ढकालबाट प्रस्तुत प्रगति र आयब्ययको प्रतिवेदनलाई करतल ध्वनीले अनुमोदन गर्यो ।

करिव २ घंण्टा सम्म संचालन भएको सभाको प्रभावकारी ब्यवस्थापन प्रतिष्ठानका श्वंय सेवक सुजित थापा, मदन वास्तोला, प्रवेश खड्काबाट भएको थियो ।