काठमाडौं - प्रहरीले पर्साबाट ठूलो परिमाणको गाँजासहित एक गाडी चालकलाई पक्राउ गरेको छ । प्रहरीले बिन्दवासिनी गाउँपालिका–५ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २०७ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ बस्ने ४८ वर्षीय कृष्ण लामालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय पोखरीय र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको प्रहरीले प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको पिकअपलाई जाँच गर्दा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक कृष्णलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।