काठमाडौं - चितवनबाट २० केजी चरेससहित दुईजना पक्राउ परेका छन्। बिहीबार १ बजे चितवन इच्छाकामना गाउँपालिका -५ मा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ११ बस्ने ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भिम बहादुर स्याङताङलाई चेकजाँच गर्दा चरेश फेला परेको हो।

प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवका अनुसार उनीहरुले बोकेको झोला भित्र पहेँलो टेपले बेरेर राखेको अवस्थामा चरेस जस्तो देखिने पदार्थ  २०/२० पोका फेला परेकोले हो। प्रहरीले नापतौल गर्दा १०/१० के.जी. गरी जम्मा २० के.जी. भएकोले बरामद गरी लागू औषध सम्बन्धि कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।