काठमाडौं:काठमाडौं महानगरपालिका १ नागपोखरी स्थित प्रभात तिवारीको घरमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त मालिगाउँबाट खटिएको थियो।लागुऔषध सहित ४ जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १ नागपोखरी स्थायी वतन भएको वर्ष ४३ को प्रभात तिवारी
जिल्ला ललितपुर, ललितपुर महानगरपालिका ४ स्थायी वतन भएको वर्ष ५१ को सलिन श्रेष्ठ
जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १४ बल्खु स्थायी वतन भएको वर्ष ५१ को भुपेन्द्र श्रेष्ठ
जिल्ला सर्लाही, बरहथवा नगरपालिका ६ घर भइ हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १२ बस्ने वर्ष ४० को सुजन रायमाझी रहेकाछन ।
खटिएको प्रहरी टोलीले उक्त घरको कोठा र बा ७ च ५१८० नम्बरको सवारी साधन चेकजाँच गर्दा निम्न मानिसहरूको साथबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २९ दशमलब ०५ ग्राम, २२१ क्याप्सुल ट्रामाडोल, १०० ट्याबलेट नाइट्राजेपाम, नगद रु. १ लाख ९८ हजार ३ सय२५, ल्यापटप थान ३, तराजु थान १, संचार सेट थान १, एलमुनियम पेपर रोल थान १ र मोबाइल थान ४ फेला पारेको थियो।
पक्राउ परेकाहरु माथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौक प्रबक्ता दान बहादुर थापाले जानकारी दिनु भयो।


0 comment