काठमाडौं – माओवादी केन्द्रको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री शुसीला श्रीपाली ठकुरीले सपथ ग्रहण समारोहमा भाग लिन नसकेको श्रोतले जनाएको छ ।
राज्यमन्त्री बनेको खबर थाहापाए लगत्तै उनी गृह जिल्ला अर्घाखाँचीबाट काठमाडौं आउँदै गर्दा उनको पद तथा गोपनीयताको शपथ छुटेको हो ।
श्रीपाली माओवादी केन्द्रको तर्फबाट राज्यमन्त्री बनेकी छन् भने, माओवादीकै सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका छन् ।
२०६८ मा उनी दलित आयोगको सदस्य भएकी श्रीपाली माओवादी केन्द्रको केन्द्रीय सदस्य छिन् । उनका श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत नेपाली सेनामा छन् ।
0 comment