काठमाडौं - सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विषयलाई लिएर सप्तरीको खडक नगरपालिका –७ कल्याणपुर बजारमा सद्भाव र्याली निकालिएको छ । धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सो र्याली आयोजना गरिएको हो ।
शुक्रबार कल्याणपुर बजारमा ‘सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं र एकअर्कालाई सम्मान गरौं’ भन्ने नारासहित स्थानीय स्तरमा क्रियाशील राजनीतिका दल, हिन्दु र मुस्लिम दुवै समुदायको सामूहिक सद्भाव र्याली निकालिएको हो।
संयुक्त रूपमा निकालिएको उक्त र्यालीमा सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य शिताराम शाह, खडक नगरपालिकाको निवर्तमान नगरप्रमुख हेमायु हक, वडा नम्बर–७ का वडा अध्यक्ष राकेश साह,वडा नम्बर ६ का वडा अध्यक्ष मोहम्मद कलामुद्विनको समेत सहभागिता थियो । प्रदर्शनलाई थप उग्र नहुन राजविराज र बोदेबरसाईन नगरपालिका लगायतका क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको छ ।


0 comment