काठमाडौं - सुनसरी घटनालाई लिएर जनकपुरमा प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले ३ वटा पालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

उनका अनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ । सुनसरी घटनालाई लिएर जनकपुरमा आज बिहानैदेखि प्रदर्शन चर्किएको छ ।