काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ३० खर्ब सात अर्ब ७५ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपो मार्फत् दुई खर्ब ४१ अर्ब २० करोड रुपैयाँ, सोझै खरिद बोलकबोल मार्फत् ८३ अर्ब ८५ करोड रुपैयाँ र स्थायी तरलता सुविधा मार्फत् २६ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ गरी कूल ३० खर्ब सात अर्ब ७५ करोड रुपैयाँ तरलता वित्तीय बजारमा प्रवाह भएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरण मार्फत् २६ खर्ब ६१ अर्ब छ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो।