काठमाडौं - सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।

न्याय परिषद्को परामर्शमा आचार्यलाई नियुक्त गरिएको हो । न्याय परिषद्ले विशेष अदालतका अध्यक्ष सुर्दशनदेव भट्टलाई सरुवा गर्दै आचार्यको नाममा परामर्श दिएको थियो । ६ न्यायाधीशको टिम रहेको  विशेष अदालतले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारका मुद्दा हेर्नेछ। परिषद्ले विशेष अदालतका अध्यक्षसहित उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकै पटक सरुवा गरेको थियो ।

बुटवलमा रहँदा अर्का न्यायाधीश तेजनारायण पौडेलसँगको इजलासले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटी राखेर छाड्न आदेश दिएको थियो ।

 २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बिगो रकम सुरक्षित गर्ने र बिगोबमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिए पछि लामिछाने धरौटीमा रिहा भएका थिए । यससँगै श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई पनि तोकिएको छ।