काठमाडौं - अघिल्लो दिन २०.६९ अंकले उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज ४७.१५ अंकले बढेर २,२११.७६ विन्दुमा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ८.६८ अंकले बढेर ४१९.९१ विन्दुमा पुगेको छ ।
आज २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँमा खरिद/बिक्री भयो।
आज कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक उकालो लाग्यो भने १ समुहको सुचक ओरालो लाग्यो ।
हाइड्रोपावर समूहको सूचक सर्वाधिक ४.९४ प्रतिशतले बढ्यो भने डेभलपमेन्ट बैंक, फाइनान्स र ट्रेडिङ समूहको सूचक ३ प्रतिशत बढिले उकालो लाग्यो। त्यसैगरी बैंकिङ, इन्भेष्टमेन्ट, नन लाईइफ इन्स्युरेन्स र अदर्श समुहको सूचक २ प्रतिशत बढिले उकालो लाग्यो। होटल एन्ड टुरिजमको सूचक भने सामान्य ओरालो लाग्यो।
आज दर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर शीर्षस्थानमा रहयो। रिडी हाइड्रोपावरको आज २० करोड ६८ लाख बढिको सेयर खरिद/बिक्री भयो।
0 comment