काठमाडौ:काठमाडौँको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभाको कोठा नम्बर ४०४ मा मृत फेला परेकी २५ वर्षीया युवती (निशा सुनार) को बि भत्स ह त्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बाँके जिल्ला जुम्ला, चन्दननाथ गाउपालिका १ घर भइ जिल्ला बाकेँ नेपालगंञ्ज उपमहानगरपालिका बस्ने वर्ष २० को दान बहादुर शाही र जिल्ला दैलेख, डुड्गेश्वर गाउँपालिका ६ भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३ महाराजगंञ्ज बस्ने रमेश बुढा रहेका छन।
लुटपाटको प्रतिशोध लिन ग्राहक बनेर पुगेका युवकले ह त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
असार ३१ गते दैलेखका २७ वर्षीय रमेश बुढा पोखरामा काम गरेर कमाएको १ लाख रुपैयाँ बोकेर घर जान नयाँ बसपार्क ओर्लिएका थिए। बसपार्कमा भेटिएकी २५ वर्षीया युवती (निशा सुनार) ले प्रस्ताव गरेपछि उनीहरू नजिकैको एक होटल पुगे।
होटलको कोठामा पुगेपछि युवतीले ‘पसिना ग न्हाएको’ बहाना बनाउँदै रमेशलाई बाथरुम नुहाउन पठाइन्। रमेश बाथरुम छिर्नेबित्तिकै युवतीले बाहिरबाट ढोका थुनेर झोलामा रहेको १ लाख रुपैयाँ लिएर फरार भएकि थीइन्। पछि होटल कर्मचारीको सहयोगमा बाथरुमबाट निस्किएका रमेशले रकम गायब भएको पाए।
पैसा लुटिएपछि आ क्रोशित बनेका रमेशले असार ३२ गते मुखमा मास्क लगाएर पुनः नयाँ बसपार्क क्षेत्रमा ती युवतीको खोजतलास गरे। संयोगवश युवती सोही स्थानमा भेटिइन्। रमेशले ग्राहक बनेर युवतीलाई सोधे— "जाने हो?" युवती मञ्जुर भएपछि रमेशले उनलाई आफ्ना साथी दानबहादुर शाहीले पहिले नै बुक गरी राखेको होटल माउन्टेन एल्सिभाको कोठा नम्बर ४०४ मा पुर्याए। कोठामा पुगेर रमेशले मास्क खोलेपछि युवतीले उनलाई चिनिन्। रमेशले आफ्नो १ लाख रुपैयाँ फिर्ता माग्दा युवतीले टेबलमा रहेको बियरको बोतलले प्रहार गर्न खोजिन्।
रमेशले युवतीको हातबाट बियरको बोतल खोसेर उल्टै टाउकोमा प्रहा र गरेपछि। युवती भुइँमा लडेपछि उनले आफूले लगाएको बेल्टले घाँटी कसेर ह त्या गरे। हत्यापछि शवलाई पलङ मुनि लुकाएर उनी कोठाबाट निस्किए।का थिए।
हत्या भएको कोठामा साउन १ गतेसम्म अन्य ग्राहकहरूसमेत बसेका थिए तर कसैले पनि पलङमुनि शव रहेको चाल पाएनन्। साउन ३ गते कोठाबाट कडा दुर्ग न्ध आएपछि सफा गर्न पसेका होटलका कर्मचारीले पलङमुनि श व देखेर प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले सीसीटीभी फुटेज र होटलको लगबुक छानबिन गरी अभियुक्तको पहिचान गरेको थियो। प्रहरीले मुख्य अभियुक्त रमेश बुढालाई साउन ४ गते महाराजगन्जबाट र कोठा बुक गर्ने साथी दानबहादुर शाहीलाई बाँकेको नेपालगन्जबाट पक्राउ गरेको थियो।
पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भट्टराइले जानकारी दिनु भयो ।


0 comment