काठमाडौं - बाजुरामा जिप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। हिमाली गाउँपालिका-५,क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडक-खण्डमा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् ।

सोमबार दिउँसो करिब १:२५ बजे जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२,नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।