काठमाडौं - सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बुलबुलेस्थित भिजिट कर्णाली दोहोरी साँझबाहिर सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर-४ कालागाउँ बस्ने ३३ वर्षीय जीवन कुमार शाही रहेका छन् ।

उनको कर्णाली प्रदेश अस्पताल,कालागाउँमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारमा संलग्न वीरेन्द्रनगर-९ का १९ वर्षीय रोशन शाही, पञ्चपुरी नगरपालिका-८ का १८ वर्षीय भरत बोगटी र अर्का १६ वर्षीय किशोरलाई एक थान खुकुरीसहित पक्राउ गरिएको छ । 

अर्का एकजना फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।