काठमाडौं - पर्सा पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा ७ जना महिला घाइते भएका छन्।
वर्षासँगै परेको चट्याङका कारण जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका-१ बस्ने शान्तिदेवी सहनी, राधिका देवी सहनी, रिता देवी सहनी, कुश्मी देवी सहनी, सन्ध्या देवी, प्रमिला सहनी र संगीता देवी घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा र ६ जना घाइतेको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ। घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ।


0 comment