काठमाडौं - सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त भएका छन् ।

विश्वविद्यालय सभाले प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपतिमा तथा डा. भीमबहादुर चन्दलाई  आज रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यसअघि सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत योग्यताक्रमसहितको प्रतिवेदन विश्वविद्यालय सभामा पेस गरेका थिए ।