काठमाडौं - विद्यार्थीहरूले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले दमन र आतंकको नीति अपनाएको आरोप लगाउँदै बुधबार बिहान सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन्।

अनेरास्ववियुका नेता दीपक धामीलगायत नेतृत्वको विद्यार्थी समूहले सरकारविरुद्ध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले 'गरिब जनतालाई तर्साउन पाइँदैन', 'जनतालाई बाँच्न दे', 'राज्य आतंक बन्द गर,'हत्या हिंसा अन्त्य गर',लिपुलेक हाम्रो हो,सिंहदरबारमा बसेर कुशासन गर्न पाइँदैन,यो सरकार जनताको कि विदेशीको हो लगायत नारा लगाएका थिए।