काठमाडौं - रौतहटमा एक युवकले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका ९ गमरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति शरीरमा पेट्रोल छर्की आत्मदाहाको प्रयास गरेको प्रहरीले उनाएको छ। उनको घाँटीमुनिको ३१.५ प्रतिशत शरीर जलेको छ।

घटनालगत्तै उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल गरुडा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

घाइते युवा डिप्रेसनको समस्यामा रहेको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको उल्लेख गर्दै जिल्ला प्रहरी प्रवक्ता गौतमले निजको विस्तृत जानकारीसहित घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए।

शरीरमा पेट्रोल खन्याइ आगो लगाएको थाहा पाउनासाथ परिवारका सदस्यले उनलाई उपचारका लागि राति नै गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए । सो अस्पतालमा प्राथमिक उपचार गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि काठमाडौँ कीर्तिपुरस्थित बर्न अस्पताल ‘रिफर’ गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

वडाध्यक्ष सहानीका अनुसार घाइते युवा श्रीमतीसहित तीन छोरासँगै गरुडा बजारस्थित झाझ पुलनजिक छाप्रे होटल सञ्चालन गरी जीविकोपार्जन गर्दै आएका थिए । एक साताभित्र चारजनाले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । तीमध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भइसकेको छ । गएराति भएको घटनामा घाइतेको भने अहिले उपचार भइरहेको छ ।