काठमाडौं - अघिल्लो दिन ६४.७८ अंकले उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज १८.०९ अंकले बढेर २,१४३.९३ विन्दुमा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि २.५१ अंकले बढेर ४११.२३ विन्दुमा पुगेको छ ।
आज २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर ५ अर्ब ४ करोड ७४ लाख ९३७ रुपैयाँमा खरिद/बिक्री भयो।
आज कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक उकालो लाग्यो भने २ समुहको सुचक ओरालो लाग्यो ।
होटल एन्ड टुरिजमको सूचक सर्वाधिक ५.७५ प्रतिशतले बढ्यो। इन्भेस्टमेन्ट र मनु एन्ड प्रो समूहको सूचक ३ प्रतिशत बढिले उकालो लाग्यो। बैंकिङ समूहको सूचक ०.३४ प्रतिशत र अदर्श समूहको सूचक ०.८७ प्रतिशतले घट्यो।
आज ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहयो। हिमालयन डिस्टिलरीको आज ४३ करोड बढिको सेयर खरिद/बिक्री भयो।
0 comment