काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

सिंहदरवारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत मागेको बताइएको छ। 

आजै एक कार्यक्रममा अध्यक्ष नेपालले प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय २६ गते गर्ने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिँदैछन्।

त्यस्तै उनीहरूबीच सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको बताइएको छ। एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुने/नहुने निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ।