काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रतितोला सुनको मूल्य ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको हो।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै,आइतबार चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार प्रतितोला चाँदी ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ रहेको थियो। आज चाँदी ३५ रुपैयाँले घटेको हो।


0 comment