काठमाडौं - मुगुका गणेश नेपालीको आत्मदाहपछि मृत्यु भएको घटनामा न्यायको माग गर्दै आइतबार वीर अस्पताल अगाडि प्रदर्शन भएको छ।
प्रदर्शनमा सहभागीहरूले सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले प्रधानमन्त्री तथा रास्वपा सभापतिलाई घटनाप्रति जिम्मेवार बनाउनुपर्ने माग पनि गरेका छन्।
यता, पीडित पक्षले शव बुझ्न नमानेपछि मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।
घटनाबारे पीडित पक्ष र सरकारी निकायबीच वार्ता जारी रहे पनि समाचार तयार पार्दासम्म कुनै सहमति जुट्न सकेको छैन। त्रिपुरेस्वरस्थित राहदानी विभाग अगाडि उनको उनको मोटरसाइकललाई महानगर प्रहरी बलले ह्विल लक गरेपछि उनले सोही मोटरसाइकलबाट पेट्रोल झिकेर आत्मदाहको प्रयास गरेका थिए ।
शरीरका ५० प्रतिशत भन्दा बढी भाग जलेका नेपालीको वीर अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको थियो । मृतकका परिवारहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ती, रोजगारी र छोराछोरीलाई नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।


0 comment