काठमाडौ:लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वोरको टोलिले लागुऔषध र पेस्तोल सहित ३ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा भारत आत्मज फेक कोटवा थौरी अमेठी मुसाफिर खाना उत्तर प्रदेश २२७८१८ ठेगाना भएका बर्ष ५० का ईकवाल खान ।
भारत साधु नगर पोष्ट चतरा थाना शोहरत गढ सिदार्थनगर २७२२०५ ठेगाना भएका बर्ष ३४ का राम दयाल शर्मा।
जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंबर ४ ठेगाना भएका वर्ष २४ का साराजुद्दिन मुसलमान रहेको छ।

 भारतमा वसी नेपालमा लागु औषध हेरोईन सप्लाई गर्ने भारतीय नागरिकहरुको सुचना संकलन गरी निजहरुले नेपालमा लागु औषध बिक्री गर्ने व्यक्ति तथा निजहरु आवतजावत गर्ने सिमानाकाहरुको निग्रानी गर्ने क्रममा उनिहरुलाइ प्रहरिले पक्राउ गरेको हो।

जिल्ला रुपन्देही मायादेवी गाउपालिका वडा न. ६ गुरबनिया स्थितमा लागु औषधको खरिद बिक्री गर्दै गरेको अवस्थामा ३ जनालाई फेला पारी नियन्त्रणमा लिन खोज्दा निजहरु मध्ये १ जनाले साथमा रहेको पेस्तोल निकाली प्रहरी टोली उपर ताकेकोले आत्म रक्षाको लागी प्रहरी टोलीवाट ७ राउण्ड हवाई फायर गरी आत्म समर्पण गर्न चेतवानी दिँदा समेत अटेर गरी पेस्तोल ताकी रहेकोले ईकवाल खानको वायाँ खुट्टाको घुडा मुनी १ राउण्ड गोली प्रहार गरेको हो।

 भारतिय नागरिक सहित ३ जनालाई लागु औषध खैरो हेरोईन ३०० ग्राम, पेस्तोल थान १, पेस्तोलको गोली राउण्ड २ र मोटरसाईकल थान १ सहित नियन्त्रणमा लिई घाईतेलाई तत्काल उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल पुऱ्याईएको साथै नियन्त्रणमा रहेका २ जनालाई आवश्यक अनुसन्धान कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय रुपन्देही बुझाईएको लागुऔषध नियन्त्रण ब्युरोका प्रबक्ता दुर्गाराज रेग्मीले जानकारी दिनु भयो।