काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपाका नेता वर्षमान पुनले नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेका हुन् ।

उनले नयाँ आशा र विश्वासको जनमतसहित आएको वर्तमान सरकार असफलता हो? भन्दै प्रश्न गरे । त्यस्तै उनले पछिल्लो समय देशभर सवारी दुर्घटना बढ्दै गएको भन्दै दुर्घटनाको कारणका बारेमा सत्यतथ्य पत्ता लगाउदै सरकार जवाफदेही बन्न माग गरे ।

साथै उनले लुम्बिनी प्रदेशका कुल १५ जना नेपाली नागरिक कम्बोडियामा हिरासतमा रहेको भन्दै उनीहरुको वास्तविक अवस्थाको जानकारी लिन र छिटोभन्दा छिटो उद्धार गर्न माग गरे ।